बौद्ध स्तुपमाथी व्यक्ति प्रवेश गराइएको भन्दै चौतर्फी विरोध

Image

भदौ २१, काठमाडौं । विश्व सम्पदा सुचिकृत पवित्र बौद्ध स्तुपमाथी व्यक्ती प्रवेश गरेको भन्दै चौतर्फी विरोध आएको छ ।

आर्थिक चलखेलका लागि  बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार र सदस्य जानुका भण्डारीको बलजफ्ती गर्दै  गत बुधबार धार्मिक कानुन मिचेर डोममाथी लगाएको ताला फोरेको थियो । बौद्ध तथा मेलम्ची घ्याङ गुठिका सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी र लामाहरुमाथी हातपात गर्दै उक्त कार्य गरेको भन्दै बौद्ध धर्म समुदाय चर्को विरोधमा उत्रिएका छन ।

पवित्र धार्मिक अस्तित्वमाथी नै प्रश्न खडा हुने गरि बौद्ध धर्म मास्ने कार्य गरेको भन्दै राजकुमार लामा र जानुका भण्डारीमाथी समुदाय खनिएका हुन्  । कानुनको धज्जी उडाउदै क्षेत्र विकास समितिका अध्यक्ष लामाले बौद्ध स्तुपमाथी व्यक्तिको प्रवेश गराएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

गुठी संस्थानले त्यस अघि नै बौद्धमाथी व्यक्ति प्रवेश नगराउन र सम्बन्धित गुठिको कामकारबाहीलाई सहजीकरण गर्न आदेशपत्र पठाएपनि  राज्यको कानुन आफ्नो हातमा लिदै उक्त कार्य गरिएको भन्दै विरोध जनाएका छन्  ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन