प्राचीन बौद्धग्रन्थमा भएको झ्यारुङ खस्योर (बौद्ध महास्तूप) को उत्पतीको कथा

Image

हिमाल सेरोफेरोका बौद्ध समुदायहरू लगायत विश्वका बज्रयान बौद्ध धर्मावलम्बीहरूको निमित्त बौद्ध स्थित महान् स्तूप झ्यारुङ खस्योरको निकै ठूलो महत्व रहेको छ । त्यसरी दर्शन गर्न देश विदेशवाट आउनेहरूमा सामान्य पर्यटक देखि लिएर बज्रयान बुद्ध धर्मका गम्भीर अभ्यास कर्ताहरू समेत पर्छन् । यस स्तूपको उत्पत्ति बारे प्राचीन गन्यहरूमा के देखिएको छ भन्नेबारे यस लेखलाई केन्द्रित गरिएको छ । बौद्ध धर्मावलम्बीहरूले यस स्तूपमा विभिन्न प्रकारले धार्मिक अभ्यास गरिरहेको देख्न सकिन्छ । ती धार्मिक अभ्यासहरू मध्येको मुख्य अभ्यास यस महान् स्तूपलाई दाहिने पारेर सामान्य रूपमा हिंड्दै परिक्रमा गर्नु हो । यसलाई धर्म भाषामा ‘कोरा’ गर्नु भनिन्छ । स्तुपलाई परिक्रमा गर्दा स्तूपलाई घेरेर राखिएको पर्खालमा राखिएका म्हानेहरूलाई पनि घुमाइन्छ । यसबाहेक यहाँ साष्टाङ्ग दण्डवत् गर्दै परिक्रमा पनि गरिन्छ जून विशेष धार्मिक अवसरहरूमा गर्ने गरिन्छ । यसबाहेक अन्य सामान्य धार्मिक अभ्यासहरूमा वत्ती बाल्नु, फूल चढाउनु, स्तूपमा चुन पोत्नु, नयाँ ध्वजाहरू टांग्नु, स्तूपको सरसफाई गर्नु, मर्मत गर्नु इत्यादि पर्छन् ।
यी सबै धार्मिक अभ्यास गरेबापत के फल प्राप्त हुन्छ भन्नेबारे धार्मिक ग्रन्थहरूहरूमा स्पष्टसँग उल्लेख गरिएको पाइन्छ । यस स्तूपमा धार्मिक अभ्यास गरेबापत प्राप्त हुने फलहरूबारे सामान्य मानिसहरू प्रायः अनभिज्ञ रहेको पाइन्छ । सर्वप्रथम, यस स्तूपको बारे धार्मिक ग्रन्थहरूमा के लेखिएको छ भन्नेतर्फ लागौं; आठौँ शताब्दीमा लेखिएको गुरु पद्मसम्भवको जीवनीमा गुरु पद्मसम्भवको तिब्बती राजा ठिसोड धेचेनलाई यस्तो भन्नुभएको पाइन्छ । यस जीवनभन्दा पहिले हामी तीन जना पद्मसम्भव, खेन्पो बोधिसत्व र तपाई राजा ठिसोङ देचेन झड्केली पुत्रहरूको रूपमा मगधमा जन्मेका थियौं । प्रकार थियो– हिउँले ढाकिएको भूमि तिब्बतमा म धर्म राजाको रूपमा जन्मन पाऊँ र बुद्ध धर्म स्थापना गर्न पाऊँ।’ त्यस्तो प्राणीधान गरेको शक्तिले तपाई एक राजाको रूपमा जन्मनुभएको छ र धर्मराज कहलाउन योग्य हुनुहुन्छ । ब्राम्हणपुत्रको प्राणीधान यस्तो हासी जामा (झ्याजिमा) कुखुरा पाल्ने एक गरीब आइमाई थिइन् । गुरु पद्मसम्भव पुण्यकर्मको रूपमा हामीले हासी आमाका लागि एक स्तूप बनायौं ।
त्यस स्तूप ‘झ्यारुङ खास्योर’ का अगाडि हामीले भव्य र पूर्णरूपले पूजा अर्चना अर्पण गरी यस्तो प्राणीधान (मोन्लम) गरी हामीले हिउँले ढाकिएको स्थानमा धर्म शिक्षा स्थापना गर्न सकौं । त्यही प्रणिधान गरेबापत त्यसपछिको जीवनमा हामी राक्षस, ऋषि र ब्राम्हणका पुत्रको रूपमा जन्मियी । वियोग जब तपाईं एक धर्मराज हुनुहुन्छ म एक विद्वान् पण्डित हुन पाऊँ र बुद्ध धर्मको उत्थान गर्न पाऊँ।’ त्यस्तो प्राणीधान गरेको शक्तिबाट तपाई शाहीरमा जन्मनुभए पनि हाम्रो भेट यहाँ हुन गयी । तपाई भिक्षु बनाउन सस्ते कुशल उपाध्याय, खेन्पो, हुनुहुन्न । म पद्मसम्भव राक्षसपुत्रले यस्तो प्राणीधान गरे ‘जब तपाई धर्मराजको रूपमा जन्मनुहुनेछ, मैले चमत्कारिक सिद्धि प्राप्त गरी बुद्ध धर्मलाई रक्षा गर्न सको यस्तो प्राणीधान गरेको शक्तिले म उड्डियानामा जन्मे पनि हाम्रो भेट यहाँ भयो’ । गुरु पासम्भवको जीवनीबाट डाकिनी (खाण्डो) येसे छोग्यालले पनि बौद्ध स्तूपको दर्शन गर्नुभएको कुरा आठौं शताब्दीताका नै लेखिएको डाकिनी येसे छोग्यालको जीवनीमा यस प्रकार लेखिएको छ,
तर छोग्याल महान् स्तूप झ्यारुङ खस्योरको दर्शन गर्न भनी हिडनु भयो । जुन प्राचीनकालमा तीन जना मोन दाजुभाइहरूले बनाएका थिए । स्तूपसामु उभिएर छोग्यालले सुनको धूलो अर्पणस्वरूप छर्कनुभयो र यस्तो प्रार्थना गर्नुभयो :
‘ओम् आ हूँ !’
त्यसपछि हामीले त्यही स्तूपअघि विशाल गर्दै र परिपूर्ण पूजा अर्चना गर्यो र सबैले प्राणीधान गयौ । ऋषिपुत्रको प्राणीधान यस अय आउने गहन कल्पहरूभरि नै प्राणीहरूलाई संसारको सागरबाट मुक्त सर्वोच्च धर्मको चक्र निरन्तर रूपले घुमिरहोस् । रूप भएका तथा अरूप सम्पूर्ण प्राणीहरू परिपक्क होऊन् र उनीहरूलाई मार्गदर्शन गर्ने शक्ति भएका तपाई प्रभुले बन्धनको द्वीपमा परेकाहरूलाई मुक्तिको अद्भुत भूमितर्फ लग्नुहोस् । उहाँले यत्ति बिन्ती चढाइसकेपछि स्तूपबाट असंख्य रङ्गीन प्रकाशका किरणहरू उत्पन्न भए । आकाश बीचको बादलहरू द्वारा घेरिएर उर्लदो कुहिरोबीच गुरु पद्मसम्भव उहाँको दायाँ र बायाँतर्फ खेन्पो बोधिसत्व र धर्मराजका साथ प्रकट हुनुभयो । डाकिनीहरूको वीचवाट उहाँले भन्नुभयो ‘हे खार्चेन पुत्री ध्यान दिएर सुन । तिमी अनुशासित, नैतिक तथा धैर्यवती र रिसमुक्त छौ । तिम्रो विभेदपूर्ण ज्ञानद्वारा तिमीले अनेक प्राणीहरूलाई मार्गदर्शन गरेकी छौ । आफ्नों दयाद्वारा तिमी सम्पूर्णरूपले स्वतन्त्र भएकी छौ । तिम्रो उत्साह असीमित छ र तिम्रो ध्यान कार्यमा पाँचवटा पथ र दसौं आध्यात्मिक स्तरमा पुगेकी छौ । अब धेरै यताउत्ता अलमल नगरी यहाँ केहीबेर बस र खोजी कार्य गर, तिमीले त्यहाँ आफूलाई आवश्यक नायक भेटाउने छौ र तिमीले उनलाई तिब्बतमा ल्याएपछि मैले पेगरि गहन महायानको द्वार खोल्नेछु ।’ यो निर्देशन गरेपछि उहाँहरू अलप हुनुभयो ।…….. (डाकिनी येसे छोग्यालको जीवनीबाट)
यसबाहेक महान् चैत्य बौद्ध स्तूपको ‘अपूर्व कथा’ शीर्षकको ग्रन्थको बारेमा गहनरूपमा व्याख्या गरिएको छ । त्यस पुस्तकको पहिलो र दोस्रो अध्याय यहां प्रस्तुत गरिएको महान् स्तूपको अपूर्व कथाको पहिलो अध्याय स्तूपको निर्माण तथा प्राण प्रतिष्ठा यो महान् स्तूप झ्यारुङ खस्योरको कथा हो । यस महान् स्तूप दस दिशाका वर्तमान, भूत र भविष्यका बुद्ध तथा बोधिसत्वहरूको असीमित सरलताको बुद्धकायको आधार हो । अग्निपुरुष बाँदर वर्षको बाँदर महिनाको दसौं दिनमा साम्ये महान् गुम्बाको मध्यवर्ती कक्षमा लामाको सबैभन्दा गोप्य चित्त’ को आगम लिनको लागि महान् धर्मराजा ठिसोङ देचेन तथा गुरु पद्मसम्भव (गुरु रिन्पोछे) का धर्मराजा ठिसोङ देचेन पच्चीस जना चेलाहरू जम्मा भएका थिए । राजाले उर्गेन रिन्पोछे, अमूल्य गुरु पद्मसम्भवलाई नौवटा चकटीहरूको गद्दीमा बस्नको लागि अनुरोध गर्नुभयो । त्यसपछि उहांले आफ्ना गुरुलाई घांटीमा झुन्डिएको हारबाट निकालिएका एक्काईसवटा वैदूर्य मणिहरू, पाँच प्याला सुन, सात कटौरा सुन, असल रेसमका आठवटा वस्त्रहरू र एक डालो अन्य बहुमूल्य वस्तुहरू चढाउनुभयो ।
राजाले आफ्ना गुरुलाई एक हजार पटक साष्टाङ्ग दण्डवत् गरेर यस्तो बिन्ती गरे ‘महान् गुरु, म रातो अनुहार भएका बॉदहरूको यस असभ्य देश तिब्बतमा जन्मेको थिएँ अनि मैले शाहोर देशबाट सन्त बोधिसत्व शान्तरक्षित अनि उर्गेनका गुरु पद्मसम्भव हजुरलाई समेत यस देशमा धर्म स्थापना गर्नको लागि निमन्त्रणा गरेको थिएँ । मैले साम्येको महान् गुम्बा बनाएको छु जहाँ विरत्न, दक्षिणी संसार जम्बुद्वीपभरि नै अतुलनीय सम्पूर्ण प्राणीहरूले संग्रह गरेको पुण्यको आधारको बास रहेको छ । म आफैले यी कुराहरू सम्मत्त गरेको छु । अन्धकारको एउटा टापु जस्तो यस असभ्य देशमा अब त्रिरत्नको उपदेश पर्वतको शिखरहरूमा बिहानको सूर्यझै भएर उदाइरहेको छ र महाकष्यप बुद्धले मगधको मध्यभागमा उपदेश दिनुभएको स्वर्णयुगमा भन मानिसहरूले पवित्र धर्मबारेका व्याख्याहरूलाई सुन्न सक्छन् ।
महाकश्यप बुद्धले मगधमा उपदेश दिइरहनुभएको बखत चार पुत्रहरूकी आमा उपकारक झ्याजिमाले नेपाल देशको मगुता जिल्लामा झ्यारुड खास्योर स्तूप निर्माण गर्नुभयो । महान् गुरु यदि तपाईले त्यस पहिलो महान् स्तूप निर्माणकर्ताहरूको अभिलाषाबाट उत्पन्न भएको फलबारे हामीलाई बताइदिन सक्नुभयो भने हामीले यस महान् साम्ये गुम्बा बनाएर कसरी प्रार्थना गर्ने भन्नेबारे जानेर भविष्यमा हामीलाई आस्था र आत्मविश्वास जाग्ने भयो ताकि हामीमा भक्तिभाव उत्पन्न होस् भनेर त्यस प्रथम महान् स्तूप झ्यारुङ खस्योरको स्तूप बनाउनको परिणामबारे गहनताका साथ व्याख्या गरिदिनको लागि बिन्ती गछौँ ।’
त्यसपछि प्रत्युत्तरमा महान् गुरुले भन्नुभयो ‘महान् राजा ध्यान दिएर सुन्नुहोस्। मेरा शब्दहरूलाई सम्झनुहोस् अनि म तपाईलाई झ्यारुङ खस्योरको अपूर्व कथा भन्ने छु । असंख्य कल्प पहिले बितेको युगमा बोधिसत्व महासत्व भगवान् अवलोकितेश्वरले आफ्नो गुरु बुद्ध अमिताभको पाउमा यस संसारको दुःखबाट सम्पूर्ण प्राणीहरूलाई मुक्त गर्ने प्रतिज्ञा गर्नुभयो । त्यसपछि असंख्य प्राणीहरूलाई दुःखबाट मुक्त पारिसकेपछि उहाँ कुनै पनि अपवादबिना सबै प्राणीहरू मुक्त भइसके होलान् भन्ने सोच्दै पोताला दरबारको टुप्पोमा चढ्नुभयो । तर छवटा लोकहरूमा हेर्दा उहाँले अझ पनि गोबरको रासमा झिंगाहरूले कैयन् प्राणीहरूले तल्ला लोकहरूमा कष्टमय जीवन बिताइरहेको देख्नुभयो । सम्पूर्ण प्राणीहरूलाई कष्टको समुद्र यस संसारबाट मुक्त पार्न असम्भव छ भन्ने सोच्दै उहाँ रुनुभयो अनि रुंदाखेरि उहाँले आँखाबाट दुई थोपा आँसुलाई औंलाहरूले पुछ्दै यी दुई थोपा आँसुहरूले समेत भविष्यका प्राणीहरूको निमित्त आफ्नो दुःखलाई पराजित गर्न सहायता पुऱ्याउन सकोस् भनेर प्रार्थना गर्नुभयो । त्यस प्रार्थनाको परिपूर्तिस्वरूप ती दुई थोपा आँसुहरू बद्लिएर तेत्तीस जना देवहरूको स्वर्गमा बस्ने देवराज इन्द्रका दुई जना पुत्रीहरूको रूपमा पुनर्जन्म लिए । ती दुई जना पुत्रीहरूको नाम देवी पूर्ण र अपूर्ण राखियो । अपूर्णले एक पटक केही फूलहरू चोरिन् र देवहरूको नियम उल्लंघन गरेबापतको सजायस्वरूप उनको नेपाल देशको मगुता जिल्लाको एक जना कुखुरापालक अंशु र उनको पत्नी पूर्णको सन्तानको रूपमा मानवलोकमा पुनर्जन्म भयो । उनलाई कुखुरापालक स्त्री ज्याजिमा सम्भर (दे चोग) भनियो । युवा अवस्थामा पुगेपछि उनले तल्लो जातका चार जना विभिन्न मानिसहरूसँग माया पिरती गाँसिन् र उनीहरू प्रत्येकबाट एक–एक जना पुत्र जन्माइन् । पहिलो पुत्र घोडा व्यापारीबाट जन्मियो, दोस्रो पुत्र सुंगुर व्यापारीबाट जन्मियो, तेस्री पुत्र कुकुर व्यापारीबाट जन्मियो भने चौथो पुत्र कखुरा व्यापारीबाट जन्मियो । आफ्ना पुत्रहरूको राम्ररी पालनपोषण गर्न र तिनीहरूलाई शिक्षित घरपरिवारको रूपमा स्थापित गर्नको लागि झ्याजिमाले आफ्नो कामबाट यचेष्ट सम्पत्ति जम्मा पारिन् । पछि उनले आफ्नो कामबाट निकै सम्पत्ति जम्मा पारिन् अनि मनमनै सोचिन्नुस् कुखुराको व्यापारबाट मैले बचत गरेको रकमले मेरा पुत्रहरूलाई सम्मानितरूपमा स्थापित गर्नमा मलाई सक्षम बनाएको छ । अहिले मैले अरू सम्पत्ति जम्मा पारेको छु । सबैले लाभ प्राप्त गरून् भनेर मैले अब मेरो आफ्नै प्रक्षेपित दिव्यता, सम्पूर्ण बुद्धहरूको चित्तले सम्मान गर्ने एउटा महान् स्तूप बनाउनुपर्छ । यो असंख्य प्राणीहरूको भक्तिको मान र तथागतहरूको अभेद्य अस्थिधातुहरूको स्मारक हुनेछ । यद्यपि पहिले मैले महाराजको अनुमति माग्नुपर्छ ।’
यस प्रकारले मनमनै सोचेर उनी महाराजकहाँ गएर दण्डवत्, परिक्रमा गरिन् अनि आफ्नो शिर उनको सामुन्ने झुकाएर दुई हात जोड्दै बिन्ती गरिन ‘महान् राजा, म कुखुरा पाल्ने एउटी गरीब आइमाई हूँ । मेरो व्यापारको मुनाफाबाट म एक्लैले चार जना भिन्दाभिन्दै पिताका पुत्रहरूलाई हुर्काएर तिनीहरूको घरजम बसाइदिए । मेरो प्रक्षेपित दिव्यतास्वरूप म एउटा महान् स्तूप बनाउनको लागि तपाईको अनुमति माग्छु । स्तूप असंख्य प्राणीहरूको निमित्त भक्तिको यान हुनेछ अनि यो तथागतहरूको अस्थिधातुहरूको स्मारक हुनेछ । मेरा पुत्रहरू आत्मनिर्भर भएकाले यो स्तूप मैले जम्मा पारेको सम्पत्तिबाट बनाउने छु ।’
एक जना महान् राजाले हतारमा कहिल्यै पनि निर्णय गर्दैनन् । राजाले केहीबेर सोचविचार गरेर मनमनै सोचे यी कुखुरापालक आइमाई एक जना गरीब आइमाई हुन्, जसले आफ्ना चार जना अवैध पुषहरूलाई हुर्काउनको लागि यथेष्ट सम्पत्ति जम्मा पारेकी छिन् अनि अहिले उनले एउटा महान् स्तूप बनाउन चाहेकी छिन् । यो उदेकलाग्दो र अचम्मको कुरा हो।’ त्यसपछि राजाले उनलाई स्तूप बनाउने अनुमति दिए । यसबाट झ्याजिमा सन्तुष्ट भएर आनन्दित भइन् अनि राजालाई दण्डवत् गरेपछि फेरि कैयौं पटक परिक्रमा गरिन्, त्यसपछि घर फर्किन् । त्यसपछि उनले आफ्ना चार जना पुत्रहरू, एउटा हात्ती र एउटा गधाको साथ महान् स्तूपको निर्माण कार्य सुरु गरिन् । स्तूप निर्माणस्थलमा माटो ल्याइयों, स्तूपको जग हालियो अनि तेस्रो तहसम्म पर्खालहरू बनाइयो । त्यस मोडमा आएर गरीब कुखुरापालक आइमाईको उच्च उपलब्धिबाट लज्जित हुन परेकीमा क्रोधित भएपछि नेपालका केही मानिसहरू जम्मा भएर यदि एउटी गरीब आइमाईले यत्रो ठूलो स्तूप बनाउन सक्छिन् भने राजा, मन्त्री, धनाड्य र प्रसिद्ध भएकाहरूले कस्तो स्तूप बनाउने अपेक्षा गर्ने ? “मनेर एक–अर्कालाई सोधे” आफूहरू अपमानित भएको तथा आफूहरूलाई चोट पुगेको सोचेर स्तूप निर्माण कार्य रोक्ने भनेर बिन्ती चढाउन उनीहरू राजाकहां गए । उनीहरूले राजालाई भने ‘महान् राजा, तपाईले एउटा ठूलो भूल गर्नुभएको छ । यदि त्यस्ती गरीब कुखुरापालक आइमाईले त्यस्तो महान् स्तूप बनाउन सक्छिन् भने तपाई देशका राजा, मन्त्री अनि धनाढ्यहरूले के बनाउनुहुन्छ भनेर अपेक्षा गर्ने यदि तपाईले त्यो निर्माण गर्ने अनुमति दिनुभयो भने हामी हतोत्साहित हुनेछौं । बुङ्गा र माटोहरूलाई तिनीहरूको खानीमा नै बोकेर फिर्ता लानु असल हुन्छ । यस आइमाईलाई त्यो स्तूप बनाउन दिनु उचित हुँदैन ।’
महान् राजाले जवाफ दिनुभयो ‘मेरो कुरा ध्यान दिएर सुन, यस गरीब कुखुरापालक आइमाईले चार जना अवैध पुत्रहरूलाई हुर्काउनको लागि यथेष्ट सम्पत्ति बचत गरेकी छिन् र एउटा स्तूप बनाउनको नागि यथेष्ट सम्पत्ति जम्मा पारेकी छिन् । मलाई लाग्छ, यो उदेकलाग्दो उपलब्धि हो । त्यस कार्यलाई सुरु गर्नको लागि मैले उसलाई मेरो मौखिक अनुमति (खा सोर) दिइसकेकी छु । म राजा एक पटक मात्र बोल्छु ।’
अरू मानिसहरूले पनि निर्माण कार्यको प्रगतिमा बाधा हाल्ने प्रयन्त्र गरेका थिए तर उनीहरू सफल हुन सकेनन् । यस प्रकारले त्यो महान् स्तूप ‘झ्यारुङ खास्योर’ को नामले चिनियो । जसको मतलब निर्माण गर्ने अधिकार दिइसकेपछि सबै अवरोधहरूलाई पराजित गर्न सकिन्छ भन्ने हुन्छ । त्यसको घाँटीसम्मको निर्माण कार्य पूरा नभएसम्मको लागि चार वर्षसम्म जाडो याम र गर्मी यामभरि नै कुनै अवरोधबिना स्तूप निर्माण कार्य अगाडि बढ्यो ।
त्यस बखत आफ्नो देहान्त हुन गइरहेको कुरा झ्याजिमाले थाहा पाइन् । उनले आफ्ना चार जना पुत्रहरू र नोकर–चाकरहरूलाई बोलाएर भनिन् ‘मेरो प्रक्षेपित दिव्यता र लौकिक तथा अलौकिक दुवै प्रकारका प्राणीहरूले आराधना गर्ने यस स्तूपको निर्माण कार्यलाई पूरा गर्नु । यस स्तूपभित्र तथागतहरूको अभेद्य अस्तिधातुहरूलाई राख्नू र ठूलो आदर तथा भक्तिभावद्वारा यसको प्राण प्रतिष्ठा गर्नु । यो मेरो अन्तिम इच्छा हो अनि यो पूरा भइसकेपछि वर्तमान, भूत र भविष्यका सम्पूर्ण बुद्धहरूको महान् अभिलाषाहरू साक्षात्कार हुनेछन् । मेरो इच्छाहरूलाई शिरोपर गरेर तिमी मेरा पुत्रहरूले यस जीबन र अर्को जीवनको उद्देश्य पूरा गर्ने छौ ।’
यी शब्दहरू भनिसकेपछि झ्याजिमाको देहान्त भयो । भयालीहरू बजेर देवहरूले फूलको वर्षा गराए । आकाशमा इन्द्रेनीहरू उत्पन्न भए अनि गरीब कुखुरापालक आइमाई झ्याजिमाले महान् स्तूप बनाउनमा आफ्नो दानशीलताद्वारा बुद्धत्व प्राप्त गर्नुभयो । अहिले उहाँलाई बुद्ध चाम्सी ल्हामो प्राम्सा भनेर चिनिन्छ ।
चार जना पुत्रहरू आफ्नी आमाको अभिलापाप्रति बफादार रहे अनि उनको दयाको बदला चुकाउन र पुण्य कमाउनको लागि उनीहरूले माथिल्लो भाग थपेर स्तूपको निर्माण कार्य पूरा गर्न सहमत भए । यसरी पहिलेजस्तै गरेर पुत्रहरूले हात्ती तथा गधामाथि इंटाहरू लादेर निर्माण कार्यलाई निरन्तरता दिए । तिनीहरूले स्तूप निर्माण त्यहाँ देखापरे । कैयन् भ्यालीहरूको आवाज उत्पन्न भयो, देवहरूले फूलहरूको वर्षा गराए भने चारै दिशातर्फ तथागतहरूको शरीरबाट निस्केको दिव्य प्रज्ञा ज्ञानको अपरिमित प्रकाशको सूर्यमा ग्रहण लाग्यो र लगातार पाँच दिनसम्म त्यहाँ रात परेन ।
समय ग्या ग्या ग्या ।
महान् स्तूपको अपूर्व कथाको दोस्रो अध्याय बोधिसत्वको आकांक्षाअनुरूप प्रार्थनाको त्यो पूर्णरूपले पूरा गरिने छ ।’ त्यसपछि देहान्त भएकी कुखुरापालक आइमाई झ्याजिमाका पुत्रहरूले एक– अर्कालाई भने– ‘हामी वृद्ध आमाको सम्पक् सम्बोधि । बुद्धत्व प्राप्त चित्तको प्रतिज्ञाले यस स्तूप निर्माण गर्नतर्फ हामीलाई डोऱ्यायो तर उहाँको मृत्युशयचाको इच्छा पूरा गर्न भनेर हामीले यो संरचनालाई पूरा गरेर यसको प्राण प्रतिष्ठा ग र बुद्ध तथा बोधिसत्वहरुले पसलाई अनुमोदन गरेको अन्दाजी ७० वर्ष अगाडिका बौद्ध कार्य पूरा हुनुभन्दा पहिले अर्को तीन वर्षसम्म निर्माण कार्य गरे । स्तूप बनाउनको लागि जम्मा सात वर्ष लाग्यो । तथागत महाकष्यप (पहिलेको युगका बुद्ध) को अभेद्य अस्थिधातुलाई यस स्तूपभित्रको जीवन वृक्षभित्र शीलबन्द गरियो ।
त्यसपछि समर्पणका वस्तुहरूको भव्यरूपले व्यवस्था गरियो र चारैतर्फ प्राण प्रतिष्ठाका फूलहरू छरियो । आफ्ना बोधिसत्वहरूद्वारा घेरिएर तथागत महाकष्यप त्यस स्तूपअगाडिको आकाशभरि नै देखा पर्नुभयो । असंख्य अर्हतहरूद्वारा घेरिएका दसै दिशाका सम्पूर्ण बुद्ध तथा बोधिसत्वहरू, तथागतहरूका पाँचवटा वंशहरू, तीनवटा कार्यका भगवान्हरू र आलसका फक्रेदो कोपिलाहरूजस्ता कल्पना गर्न सकिनेभन्दा टाढाको असंख्य क्रोध एवं शान्त देवहरू फूलहरू छदै त्यस अवसरलाई सम्मान गर्दै आफ्नो सबैभन्दा शुभ उपस्थिति जनाएर सुपरिणाम फेरि राजाले गुरु पद्मसम्भवलाई भन्नुभयो । ‘महान् गुरु त्यसबेला गरिएको प्रार्थना र झ्यारुङ खास्योर भनिने यस आश्चर्यजनक स्तूपको अगाडि व्यक्त गरिएको अभिलाषाहरूका बारे वर्णन गर्नको लागि बिन्ती गर्छु ।’
महान् गुरुले जवाफ दिनुभयो– ‘महान् राजा, मेरो कुरा सुन्नहोस्, स्तूपको प्राण प्रतिष्ठा गर्दाखेरि फूलहरू छरिएपछि र विलक्षणका चमत्कारहरू उत्पन्न भएर उदेकलाग्दा दृश्यहरू देखापरेपछि बुद्ध तथा बोधिसत्वहरूको विपुल भेलाले उपकारक तथा भक्तजनहरूलाई एकै स्वरमा यस प्रकारले सम्बोधन गर्नुभयो सबैभन्दा भाग्यशाली अपरिमित सरतालको बुद्धकायको सर्वोच्च आधार यस स्तूप निर्माण गर्ने अभिलाषा उत्पन्न गर्ने शुद्ध चित्रद्वारा, यस दानद्वारा, तिमीहरूले जे प्रार्थना गरे पनि देख्ने अग्राधिकार प्राप्त गन्यौं । अब त्यस संग्रह गरिएको पुण्यद्वारा हामीले कुनै पनि प्रार्थना पूरा गर्न अनुरोध गर्न सक्छौं । कुनै तुच्छ कुराको लागि प्रार्थना गर्नु मूर्खता हुन्छ ।’
जेष्ठ पुत्र घोडा व्यापारीका पुत्रले आफूले कुन सर्वलौकिक प्रार्थना गर्ने भन्नेबारे सोच्यो उत्तरतर्फको हिमाच्छादित तथा असभ्य देशका पर्वतहरू हिउँले ढाकिएका छन् र उपत्यकाहरू बाढीग्रस्त छन् । वर्षायाममा बाढीहरू बढेर जानेछन् र बह्माण्डका मालिक, बोधिसत्य अवलोकितेश्वर तथागत शाक्यमुनिको सिद्धान्तमा त्यहांका बासिन्दाहरूलाई तह लगाउन भनेर आउनुभएको छ, बुद्धाहरूको उपदेश त्यस भूमिभरि नै विस्तार गरिनेछ भनेर भविष्यवाणी गरिएको छ ।
अनि उनले त्यही अनुसारको प्रार्थना गरे । शुद्ध हृदय र अभिलापाद्वारा यस स्तुपको निर्माण कार्यलाई पूरा गरेर मैले जम्मा गरेको पुण्यद्वारा उत्तरतर्फको असभ्यहरूको हिमाच्छादित सीमान्त देशमा मेरो जन्म एउटा महान् राजा र धर्मको रक्षकको रूपमा होस् । विनाश र भ्रष्टाचारको समय कलियुगमा घृणा, लालसा, आलस्य, ईर्ष्या र घमण्डजस्ता पाँचवटा विषहरूको शक्ति बढेपछि तथागत शाक्यमुनिको उपदेशलाई विस्तार गर्दै मैले त्यहाँ सदाको लागि बुद्धको उपदेश स्थापना गर्न सके ।
दोस्रो पुत्र, सुंगुर व्यापारीका पुत्रले त्यसपछि यस्तो प्रार्थना गरे– ‘यस महान् स्तूपको निर्माण कार्य पूरा गरेर संग्रह गरेको पुण्यद्वारा मेरा दाजु हिमाच्छादित भूमिको असभ्यहरूको देशमा धर्मराजा र धर्मरक्षकको रूपमा जन्मेपछि त्यस देशमा बुद्धका अमूल्य उपदेशहरू स्थापना गर्दाखेरि उपदेशको जग संघको समुदाय स्थापना गर्ने आवश्यकता उत्पन्न भएपछि म बुद्ध धर्म अँगालेकाहरूलाई संघको सदस्यको रूपमा प्रवज्या प्रदान गर्ने महान् अर्हत हुने एक जना भिक्षुको रूपमा जन्म लिन पाऊँ ।
त्यसपछि तेस्रो पुत्र, कुकुरपालकका पुत्रले यस्तो प्रार्थना गरे– ‘यस स्तूप पूरा गरेबाट संग्रह गरेको पुण्यद्वारा मेरा दुई जना दाजहरूले बुद्धहरूको उपदेशलाई हिमाच्छादित भूमिको असभ्यहरूको देशमा स्थापना गरिसकेपछि र त्यहाँका मानिसहरूले बुद्धहरूका उपदेशहरूलाई अनुसरण गरेपछि म एक जना स्त्रीको गर्भबाट होइन तर कमलको फूलबाट चमत्कारी ढङ्गले जन्म लिन पाऊँ । जन्म र मृत्युको सफलतालाई प्रस्ट पार्दै म सूर्य र चन्द्र जति नै जीवित रहन सकूँ। देव, राक्षस र मानिसहरूलाई वशमा पारेर तालिम दिदै अनि असभ्य देशका सम्पूर्ण विषालु नरपंक्षी रैथानेहरूलाई वशमा पार्दै मेरा दाजुहरूले स्थापना गरेको बुद्धहरूको उपदेशलाई रक्षा गर्ने एक जना मन्त्रधर तान्त्रिक योगीको रूपमा जन्म लिन साकून् ।
त्यसपछि कनिष्ठ पुत्र, कुखुरापालकका पुत्रले यस्तो प्रार्थना गरे ’यस स्तूपको निर्माणबाट मैले संग्रह गरेको पुण्यद्वारा तपाई तीन जना दाजुहरूको हिमाच्छादित भूमिको असभ्य देशमा एक जना उपदेशलाई स्थापना गर्न, एक जना त्यसलाई कायम राख्न र एक जना त्यसालाई रक्षा गर्नको लागि जन्म भएपछि तपाईहरूको क्रियाकलापलाई सयोंजन गर्ने मन्त्रीको रूपमा मैले त्यहाँ जन्म लिन सकून् ।’
चार जना दाजुभाइहरूले आ–आफ्नो प्रार्थना पूरा गरिसकेपछि सबै बुद्ध तथा बोधिसत्वहरूले उनीहरूलाई एकै स्वरमा भन्नुभयो ’सबैभन्दा भाग्यशाली असल पुत्रहरू, तिमीहरूले बास्तविकरूपले उत्कृष्ट तथा स्वार्थविहीन प्रार्थनाहरू गरेका छौ । सम्पूर्ण बुद्धहरू तिमीहरूबाट आनन्दित भइरहेका छन् । यस प्रार्थनाद्वारा तिमीहरूले उत्पन्न गरेको पुण्यको पर्वत अतुलनीय छ । त्रिकालका बुद्धहरूसमेत त्यस्तो गर्न सक्दैनन् ।’ त्यसपछि दसै दिशाका सम्पूर्ण बुद्धहरू र सम्पूर्ण बोधिसत्वहरू प्रकाशको एउटा किरणमा विलय भएर त्यस महान् स्तूपमा लोप भए । त्यसपछि त्यो स्तूप संसारभरि “बुद्धहरूको एकता” को रूपमा प्रसिद्ध भयो । त्यसैबखत एउटा लामखुट्टे घोडा व्यापारीको छोराको घाटीमा बस्यो र असह्य पीडा उत्पन्न गर्दै उसलाई टोक्यो । उसले त्यस लामखुट्टेलाई हातले हटाइदियो, त्यसबाट त्यो मन्यो। तर असीमित करुणाद्वारा उसले यस्तो प्रार्थना गन्यो ‘म असभ्यहरूको हिमाच्छादित भूमिमा एक जना धार्मिक राजाको रूपमा जन्मदाखेरि यो लामखुट्टे धर्म अभ्यास गर्ने राजकुमारको रूपमा जन्मोस् ।’ स्तूप निर्माण सामग्री बोकेको गधाले यी प्रार्थनाहरू सुन्यो अनि उसले पनि एउटा प्रार्थना गर्नुपर्छ भन्ने सोच्यो तर सोच्ने क्षमता नभएर प्रार्थनाको रूपमा उसको मनमा कुनै पनि कुरा उत्पन्न भएन। त्यसपछि ऊ क्रोधित भयो, त्यस क्रोधबाट नकारात्मक विचार उत्पन्न भयो;यो घोडा व्यापारीको पुत्र हिमाच्छादित भूमिको असभ्यहरूको देशमा एक जना राजाको रूपमा पुनर्जन्म भएपछि म त्यस राजाले जुनसुकै कार्य गरे पनि त्यो प्रभावकारी नहुने पार्नको लागि द्वेषको भावना भएको मन्त्रीको रूपमा जन्म लिन सकेूँ ।’
त्यस गधाको विचारलाई बुझेर चार जना पुत्रहरूको नोकरले यस्तो प्रार्थना गरे, ‘धर्मको विस्तारमा अवरोध ल्याउने एक जना असत्ती मन्त्रीको रूपमा यो गधाको जन्म भएपछि मैले एक जना विद्वान् तथा धार्मिक मन्त्रीको रूपमा पुनर्जन्म लिन सकूं ताकि मैले उसको बेइमानपूर्ण षड्यन्वहरूलाई पराजित गरेर फट्कार्न सकूं ।’ उसले पनि आफूलाई असक्षम भएको पायो । ऊ क्रोधित भयो ’स्तूपको निर्माणको लागि मैले ढुङ्गा र माटोको गह्रौं भारी बोकेको छु तर मैले कुनै पनि इनाम पाएको छैन । झ्याजिमाका पुत्रहरूको पुनर्जन्म भएर हिमाच्छादित भूमिको असभ्यहरूको देशमा उपदेश स्थापना गरिसकेपछि त्यस उपदेशलाई दबाउन र नष्ट गर्नको लागि म धार्मिक राजाको पनातिको रूपमा जन्म लिन सकुँ ।’ त्यसको छेउमा एउटा काग बसिरहेको थियो । त्यस्तो प्रार्थनाको विमुख भएर त्यसले एउटा त्रुटिविहीन विचार उत्पन्न गर्यो । त्यसले यस्तो प्रार्थना गर्यो– ’त्यो हात्ती धर्म नष्ट गर्ने राजा भएर पुनर्जन्स लिएर बुद्धको उपदेशलाई दबाउने प्रयत्न गर्दाखेरि मलाई त्यस पापी राजाको हत्या गर्ने एउटा महान् बोधिसत्व भएर जन्म लिन दिनुहोस् ।’
स्तूपको टहलुवा पहेंलो पवित्र धागो बाँधेका दुई जना ब्राह्मण युवाहरूले यस्तो प्रार्थना गरे ‘अराभ्यहरूको हिमाच्छादित भूमिमा अमूल्य उपदेशहरूको स्थापना भएपछि हामी दुवैले सम्पूर्ण पवित्र ग्रन्थहरू अनुवाद गर्ने अनुबादक (लोचावा) भएर जन्म लिन पाऊँ ।’ एउटा शाही परिवारका दुई जना समझदार युवतीहरूले पनि प्राण प्रतिष्ठा उत्सवमा भाग लिइरहेका थिए, जसले यस प्रकारले पार्थना गरे ‘असभ्यहरूको हिमाच्छादित देशमा बुद्धको उपदेश स्थापना भएपछि हामी दुवै जनालाई बुद्धका उपदेश र त्यस चारेको टीकाहरूलाई लेख्ने र नक्कल उतार्नमा सक्षम बनाउनको लागि सिक्ने उच्च क्षमता भएको मानिसको रूपमा जन्म लिन पाऊँ ।’
यस पकारले त्यसबखत सम्पूर्ण प्राणीहरूको भलाइ गर्नका लागि असंख्य प्रार्थनाहरू गरिए र ती सम्पूर्ण असीमित प्रार्थनाहरू पूरा भए । राजाको रूपमा जन्म लिनको लागि प्रार्थना गर्ने ज्येष्ठ पुत्र घोडा व्यापारीको पुषको तपाई स्वयम्, राजा तथा धर्मका रक्षक ठिसोङ देचेनको रूपमा जन्म भएको छ। धर्मगुरु र बोधिसत्वको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने सुंगुर व्यापारीका पुत्रको शान्तरक्षितको रूपमा जन्म भएको छ । एक तान्त्रिक योगीको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने कुकुरपालकका पुत्र उर्गेनका मालिक गुरु पद्मसम्भव भएको छ । धार्मिक मन्त्रीको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने हात्तीले पनि प्रार्थना गर्न चाल्यो तर कुखुरापालक पर अतिका यार्नुका सा्र पुत्र राजा भनेर प्रार्थना गरिएको लामखुट्टे अहिलेका राजकुमार पद्म साल्सो हुन् । अधर्मी मन्त्रीको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने बाटो बिराएका गधा पापी मासाङ बोम्बाको रूपमा जन्मिएका छन् । नास्तिक समूहलाई परास्त गर्ने धार्मिक मन्त्रीको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने नोकर पद्म खुङसेनको रूपमा जन्म लिएका छन् । उपदेशलाई दबाएर नष्ट पार्ने अधार्मिक राजाको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने छलमा परेको हात्तीले तपाईको पनातिको रूपमा जन्म लिनेछ र उसको नाम गोरु टाउके अर्थात् लाङ् धर्म हुनेछ । त्यस पापी राजाको हत्या गर्ने बोधिसत्वको रूपमा जन्म लिन पाऊँ भनेर करुणाद्वारा प्रार्थना गर्ने कागको राजकुमार मुरुक छेम्पोको रूपमा जन्म भएको छ । भविष्यमा त्यस हात्तीको पुनर्जन्मले बुद्धको उपदेशलाई दबाएर नष्ट पार्द खेरि उसको पुनर्जन्म ल्हालुङ पाल्गी दोर्जेको रूपमा हुनेछ र उसले त्यस राजाको हत्या गर्नेछ । अनुवादकहरूको रूपमा जन्म लिन पाऊँ भनेर प्रार्थना गर्ने दुई जना ब्राह्मण युवाहरू कावा पाल्चेक र चोको लुइ ग्याल्वेनको रूपमा जन्म लिएका छन् । ग्रन्थहरूको नक्कल सार्ने भएर जन्म लिन पाऊँ भनेर पार्थना गर्ने दुई जना राजकुमारीहरू देन्मा छेसाङ र लेक्छिन न्यिमाको रूपमा जन्म लिएका छन् ।
गुरु पद्मसम्भवले बोल्न बन्द गर्नुभयो । राजा ठिसोङ धेचेन र जम्मा भएका सबै जना गुरुका शब्दहरूमा पूर्णरूपले विश्वस्त भएर अचम्ममा परे । उपदेश र सम्पूर्ण प्राणीहरूको लागि शक्तिशाली प्रार्थनाहरू गर्नुभन्दा पहिले उनीहरूले पटक–पटक दण्डवत् गरे ।
समय ग्या ग्या स्या ।
(यस ग्रन्थको तेस्रो, चौथो र पांचौ अध्याय)
‘महान् स्तूप झ्यारुङ खास्योर’ पुस्तकमा हेर्नुहोस माथि वर्णन गरिएका कुराहरूबाट यो स्पष्ट हुन्छ कि यस महान् स्तूपमा धार्मिक अभ्यास गर्नाले अपरिमिता फल प्राप्त हुन्छ । त्यस्तो अपरिमिता फल प्रदान गर्ने धार्मिक स्तूपलाई संरक्षण गर्नु, यसको महिमाबारे पर्यटक तथा सर्वसाधारणहरूलाई जानकारी दिन हरेक बुद्ध धर्मावलम्बीहरूको कर्तव्य हो ।

colletion & Reseach by Harish Lama (Harish Golay Tamang) 
Writer/Researcher, General Secretary,
Tamang Buddhist Federation Nepal
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन